जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न माग
काठमाडौं, १९ भदौ । सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न माग गरेको छ।
बागलुङको ढोरपाटनमा आएको पहिरो र बाढीमा परी भएको जनधनको क्षतिप्रति मोर्चाले दुःख व्यक्त गरेको छ। साथै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
‘यो दुःखद् घटनाबाट शिक्षा लिँदै जोखिमका बस्तीहरुलाई समयमै सुरक्षित स्थानमा सार्नका लागि स्थायी बसोबासको समेत व्यवस्था गर्न हामी माग गर्दछौं’, मोर्चाका अध्यक्ष गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा राहतको व्यवस्था गर्न माग गरिएको छ। ‘राष्ट्रिय स्तरको यो विपत्तीमा बेपत्ता भएकाहरुको खोजी, मृत्यु हुनेका परिवारलाई राहतको प्याकेज, घाइतेहरुको निःशुल्क उपचार, विचल्लीमा परेकाहरुको अविलम्ब अस्थायी र स्थायी बसोबास, सबैलाई खाद्यान्न र उपचारको व्यवस्था गर्नका लागि हामी सरकारका सबै निकायसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी :
राजनीति
ट्याग : #cp gajure;,
#hot