वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय
काठमाडौं, १८ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको आज बसेको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बामदेव गौतमलाई मनोनयन गर्ने सिफारिस हुने वित्तिकै अर्थमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।
अर्थमन्त्री खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभाका एक जना सदस्यलाई फिर्ता बोलाएर खतिवडालाई नै निरन्तरता दिने चर्चा चलेतापनि त्यसबारे सचिवालयमा कुनै छलफल भएन ।
प्रधानमन्त्री ओली खतिवडाकै पक्षमा भैरहँदा पनि सचिवालय बैठकले नै निर्णय गरेपछि खतिवडाको काउनडाउन शुरु भैसकेको छ ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking