काठमाडौं, १८ भदौ । नेकपा सचिवालय सदस्य बामदेव गौतम राष्ट्रियसभामा जाने विषय लगभग निश्चित भइसकेको छ । उनैले विगतको पार्टी निर्णय भन्दै यसलाई कार्यान्वयन गर्न माग गरेका हुन् । तर, बामदेव राष्ट्रियसभा सदस्य बन्नका लागि मात्र सरकारमा जान लागेको होइनन् भन्ने निश्चित भइसकेको छ ।
यतिबेला उनी अर्थमन्त्रीको दाबेदार रहेको चर्चा चलेको छ । दुईपटक गृहमन्त्री भइसकेका उनी किन अर्थ मन्त्री बन्न चाहे ? यो प्रश्न तेर्सिएको छ ।
यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउनेमा प्रश्न उठेको छ । उनी सांसद नभएकाले भदौ १९ बाट स्वतः अर्थमन्त्री रहने छैनन् । यसकारण मात्र बामदेवको ध्यान अर्थमा गएको होइन ।
खतिवडा नेकपाभित्र निकै आलोचित छन् । उनी प्रधानमन्त्री ओलीका प्रीय भएपनि ओली निकटस्थले नै मनपराउँदैनन् । राजनीतिक पृष्ठभुमिबाट नआएकाले उनको कार्यशैलीले नेकपालाई भविष्यमा नकारात्मक असर पर्ने विश्लेषण भइरहेको छ । लोकप्रीय काम उनको पालामा खासै हुन सकेन । बरु कतिपय कारणले उनी आलोचित भए ।
प्रतिनिधिसभा चुनाव हारेका बामदेव राष्ट्रियसभामा जान खोज्दा आलोचित नहुनुमा उनले अर्थमन्त्री दाबी देखाउनु पनि कारण हो । नेकपाभित्र अर्थमन्त्रीको बर्हिगमनको पक्षधर धेरै छन् । जुन भावना बुझेर बामदेवले कार्ड फालेका छन् ।
अर्थमन्त्री भएमा कतिपय लोकप्रीय काम गरेर पार्टी पंक्तिभित्र र बाहिर समेत मन जित्न सकिने बामदेवको विश्वास रहेको बुझिएको छ । उनले यसलाई आफ्नो राजनीति अझ मजबुत बनाउने अवसरका रुपमा लिन खोजेका छन् । तर, नेकपाभित्र उनलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने बाटो सहज छैन । चुनाव हारेको भएकाले कानुनी अड्चन पनि हुनसक्छ । अर्कोतर्फ, प्रधानमन्त्री ओली समेत उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइहाल्ने पक्षमा सकारात्मक देखिइसकेका छैनन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #bamdev,
#breaking,
#hot,
#nekapa,
#नेकपा