Techie IT
×
गृहपृष्ठराजनीति११ बजे भनिएको नेकपा सचिवालय बैठक ३ बजेलाई सारियो

११ बजे भनिएको नेकपा सचिवालय बैठक ३ बजेलाई सारियो


काठमाडौं, १८ भदौ । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेकालागि सारिएको छ । विहान ११ बस्ने पूर्व निर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो ।

बैठक अघि बैठकको केही तयारी गर्नुपर्ने भएर बैठक दिउँसोका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पूर्व निर्धारित बैठक तालिकामा सामान्य फेरबदल गरेर दिउँसो ३ बजेका लागि सारिएको हो ।

यसअघि गत शनिबार भदौ १३ गतेका लागि सचिवालय बैठक निर्धारण गरिएको थियो । सचिवालयका नेताहरुको सहयोगीलाई कोरोना संक्रमण देखिएपछि नेताहरु होम आइसोलेशनमा बस्नु परेपछि १८ गतेका लागि बैठक सारिएको थियो ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ । सोअघि दुई अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ बुधबार साँझ बालुवाटारमा बैठकको तयारी बारेमा छलफल भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


प्रतिक्रिया दिनुहोस