Techie IT
×
गृहपृष्ठराजनीतिएमसीसी बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

एमसीसी बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। एमसीसीका बारेमा छलफल गर्न आज अपराह्न सचिवालय बैठक बस्‍न लागेको हो।

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बैठक बस्‍ने तय भएको जानकारी दिए। यद्यपि बैठकको समय तय भइसकेको छैन।

यसअघि २७ जेठमा एमसीसी परियोजनाका बारेमा छलफल गर्न बैठक बस्‍ने तय भएको थियो। तर संसदमा बजेटका विषयमा जवाफ दिने कार्यक्रम नसकिएको र प्रधानमन्त्रीको पनि व्यस्तताका कारण बैठक स्थगित भएको थियो।

आजको बैठकमा अन्य अजेण्डाका बारेमा यकिन नभइसके पनि एमसीसीका बारेमा नै छलफल हुने बुझिएको छ। सत्तारुढ दलभित्र लामो समयदेखि एमसीसी पारित गर्न नहुने दबाब छ।

नेकपाले एमसीसीका बारेमा वरिष्‍ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। उक्त कार्यदलले पनि अहिलेको अवस्थामा नै एमसीसी लागू गर्न नसकिने प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाइसकेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस