Techie IT
×
गृहपृष्ठराजनीतिअर्थमन्त्री खतिवडाको बारेमा २० गतेसम्म पर्खनुस् : प्रम ओली

अर्थमन्त्री खतिवडाको बारेमा २० गतेसम्म पर्खनुस् : प्रम ओली


काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा.युवराज खतिवडाको पदावधिको बारेमा केही दिन पर्खन आग्रह गरेका छन् । एक टेलिभिजनमा शनिबार साँझ अन्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडाको बारेमा २० गतेसम्म पर्खन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीको बारेमा भने, युवराज खतिवडाले राम्रै गरिरहेको जस्तो लागे एउटा कुरा हो । उनीभन्दा अर्का अझ राम्रो काम गर्न सक्ने भए त्यो अर्को कुरा हो भनेर कुटनीतिक जवाफ दिए । तर कोही बेला बिशेष परिस्थितिले पनि काम गर्न सक्ने भन्दै अर्थमन्त्रीको राजीनामाकै संकेत दिए ।

अर्थमन्त्री प्रति धेरैको आलोचना छ नि भन्ने प्रश्नको प्रधानमन्त्रीले ठाडै इन्कार गरे । उनले भने, आलोचनामुक्त कोही छैन । कसैले राम्रो काम गर्दा अर्कोलाइ चित्त बुझ्दैन, तंपाइकै कार्यक्रमको पनि त आलोचना त हुन्छ नि । उनले प्रतिप्रश्न गरे ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस