Techie IT
×
गृहपृष्ठराजनीतिजनताको मुहारमा खुशी ल्याउने चाहना छ : अध्यक्ष प्रचण्ड

जनताको मुहारमा खुशी ल्याउने चाहना छ : अध्यक्ष प्रचण्ड

चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश


प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताए । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताए ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गरेका छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका अध्यक्ष प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।

प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्याउन सक्दो पहल गरेको पनि बताए । उनले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताए ।

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताए । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताए ।

उनले भने, ‘चितवनमा अहिले नमूना विकासको प्रयास गरेका छौं, आगामी दिनहरुमा निकै ठूलो फड्कोका तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ ।’ चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्ने पनि उनले बताए।

कार्यक्रममा विजय सफल व्यवसायी वामपन्थी यूवा नेता विजय घलेका साथै मुस्लिम समुदायका महत्वपुर्ण नेतृत्वहरू विभिन्न महिला समुहका युवाहरू माओवादीमा प्रवेश गरेका थिए । देशको परिबर्तनको मुलधारको नेतृत्व अध्यक्ष क. प्रचण्ड र माओबादी पार्टी नै भएको भन्दै उनीहरु माओवादीमा प्रवेश गरेका बताएका छन् ।

चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश
चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित कार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए ।

चितवनका स्थापित उद्यमी विजय घलेसहित एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरूसमेत माओबादी प्रवेश गरेका छन् । सोहि अबसरमा प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताएका थिए । प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका थिए ।

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताएका छन् । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएको र जनताको मुहारमा खुशी ल्याउन माओवादीले नै नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

तपाईको प्रतिक्रिया दिनुहोस