Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपति असंबैधानिक : खगराज अधिकारी

राष्ट्रपति असंबैधानिक : खगराज अधिकारी


काठमाडौं । एमाले नेता खगराज अधिकारीले हिजोका दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक काम गरेको जिकिर गरेका छन्, त्यो पनि अदालतको फैसला किन कार्यान्वयन गरेको भन्दै । नागरिकता विधेयक प्रामाणीकरण नगरेको सन्दर्भलाई बचाउ गर्दै उनले प्राइम टिभीको ‘जनता जान्न चाहन्छन’ मा राष्ट्रपतिबाट हिजो पनि असंवैधानिक काम भएको दलिल गरे ।

ऋषि धमला : नागरिकता विधेयक आदिबारे राष्ट्रपति भण्डारीलाई तपाईंको कुनै सन्देश छ ?

खगराज अधिकारी : छैन । तर, राष्ट्रपतिले हाम्रा पनि कयौं अध्यादेश र सिफारिस फिर्ता गर्नुभएको छ । यो नागरिकता विधेयक मात्र होइन । म त के भन्छु भने राष्ट्रपतिले शेरबहादुर देउवालाई सपथ खुवाउनु नै गलत थियो ।

धमला : ओहो, देउवालाई सपथ गराउनु गलत हो ?

अधिकारी : हो। अदालतले तोकेर प्रधानमन्त्री बनाउनु असंवैधानिक काम थियो ।  त्यो राष्ट्रपतिले मान्नु हुँदैनथ्यो ।

धमला : त्यसो भए राष्ट्रपतिले असंवैधानिक काम गर्नुभयो भन्ने एमालेको निष्कर्ष हो ?

अधिकारी : हो । असंवैधानिक काम गर्नुभयो । त्यो मेरो निष्कर्ष हो ।

पार्टीहरूले सांसदको हस्ताक्षर सशरीर भिडाएर बहुमत सिद्ध गर्दा केपी ओलीको किर्ते चिठीलाई आधार मानेर दोस्रोपटक संसद विघटन सदर गर्ने विद्यादेवी भण्डारीले संबिधान होइन, एमाले राजनीतिको फाइदा/बेफाइदा हेर्छिन् भन्ने कुरा बिगतमा पुष्टि भैसकेको छ । अधिकारीले पनि राष्ट्रपतिको अहिलेको यत्रो असंवैधानिक कदमलाई ओझेल पार्न हिजोका प्रतिगामी नियत र बासी सन्दर्भ जोडेका हुन् ।

जुन सन्दर्भलाई सांसदको बहुमत हेरेर अदालतले फैसला गर्‍यो, त्यो पनि राष्ट्रपतिले नमान्नुपर्थ्यो भनेर एमाले नेता अधिकारीले राष्ट्रपति संविधानतः सर्बोच्च सम्मानित पद होइन, एमालेको राजनीति तजविज गर्ने माध्यम बन्नुपर्ने आसय प्रष्ट व्यक्त गरेका छन् । र, राष्ट्रपति भण्डारीको भूमिका पनि त्यस्तै देखिएको छ।

नागरिकता विधेयक प्रामाणीकरण गर्नैपर्ने परमादेश माग गर्दै अदालतमा बिहीवार जुन रिट परेको छ, त्यसले एमालेमा महाभूकम्प गएको प्रतित हुँदैछ। किनकि संसद पुनर्स्थापना सन्दर्भमा सर्बोच्च अदालतले प्रष्ट व्याख्या गरेसकेको छ कि राष्ट्रपतिका असंवैधानिक क्रियाकलाप पनि अदालतले निरुपण गर्नेछ।

स्मरणीय छ, बहुमत सांसदको मागका आधारमा अदालतले पोहोरको असार अन्तिममा राष्ट्रपति र सरकारबिरुद्ध प्रष्ट परमादेश जारी गरेको थियो, यद्यपि शेरबहादुर देउवा संसदीय मतदानबाटै बहुमत पाएर प्रधानमन्त्री भएका हुन् । अदालको फैसलालाई पुष्टि गरेरै देउवा सरकार अगाडि बढेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस