Techie IT
×
गृहपृष्ठराजनीतिभोलि भनिएको सचिवालयको वैठक १८ गते

भोलि भनिएको सचिवालयको वैठक १८ गते


सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

उच्च स्तरीय कोरोना नियन्त्रणको मिटिङमा आएमध्ये कतिपयलाई कोरोना पोजिटिभ देखिएको र सो मिटिङमा रक्षामन्त्री तथा गृहमन्त्रीको समेत उपस्थिति भएका कारणले जोखिम हुनसक्ने आशंका कारण मिटिङ रोकिएको बालुवाटार स्रोतले जनाएको छ । अब मन्त्रीहरु आइसोलेशनमा बस्नेछन् ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बसेका थिए । नेता नेपालको आइसोलेनमा बस्ने अवधि सकिएको भोलिपल्ट अर्थात भदौ १३ गतेलाई सचिवालय बैठक तय भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस