Techie IT
×
गृहपृष्ठराजनीतिहमीले अनावश्यक किसिमले प्रादेशिक राज्य खडा गरेका छौँः दुर्गा पौडेल

हमीले अनावश्यक किसिमले प्रादेशिक राज्य खडा गरेका छौँः दुर्गा पौडेल


काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रादेशिक संरचना खारेज गर्नुपर्ने बताएकी छिन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले संघीय संरचना देशले धान्न नसक्ने जिकिर गरिन् । “राज्य जनताले कहिल्यै मागेनन् । अनावश्यक किसिमले प्रादेशिक राज्य खडा गरेका छौँ । जसमा अनुत्पादक किसिमले व्ययभार धान्न सकिरहेको छैन,” उनले भनिन्, “राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीयता देशको निम्ति अभिशाप नै हुन्छ, त्यसलाई खारेज गरेर जानुपर्छ, यो प्रादेशिक संरचनलाई खारेज गरेर जानुपर्छ भनेर लगातार राख्दै आयौँ । त्यो अडान अहिले पनि छ । ”

प्रादेशिक संरचना व्ययभारको अखडा बनेको भन्दै खारेज गरेर जानुपर्नेमा उनले जोड दिइन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #durga paudel, #hot


तपाईको प्रतिक्रिया दिनुहोस