Techie IT
×
गृहपृष्ठराजनीतिपरमादेशले गर्दा नै केपी ओलीसँग संसद्‍मा भेट हुने अवसर मिल्यो : प्रम देउवा

परमादेशले गर्दा नै केपी ओलीसँग संसद्‍मा भेट हुने अवसर मिल्यो : प्रम देउवा


काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने अवसर मिलेको बताए ।

‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद्‍ नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,’ देउवाले भने ।

यस क्रममा देउवाले सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । ‘संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु । गणतन्त्र आएपछि संसद्‍ पहिलो पटक विघटन भयो’, उनले भने ‘जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम मात्रै चल्नुपर्छ ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #deuba


तपाईको प्रतिक्रिया दिनुहोस