Techie IT
×
गृहपृष्ठराजनीतिमंसिर ४ को चुनावी परिणामले केपी ओलीको दिमाग खोल्छ : झलनाथ

मंसिर ४ को चुनावी परिणामले केपी ओलीको दिमाग खोल्छ : झलनाथ


काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मंसिर ४ को चुनावी परिणामले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिमाग खोल्ने बताएका छन् ।

रतिनिधिसभाको अन्तिम बैठकलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतले दुई/दुई पटक असंवैधानिक भएको भने पनि एमाले अध्यक्ष ओलीलाई चेत नआएको बताए ।

‘अदालतले दुई/दुई पटक संसद् विघटन हो भनेर भन्दा पनि दिमाग खुलेको देखिँदैन । दिमाग के ले खुल्छ आउने चुनावले खोल्ने हो ? आउने चुनावले हेरौं न दिमाग खुल्छ कि ?’

‘हामीले जुन हिसाबले चलाउनु पर्ने थियो । त्यसरी यो पाँच वर्ष पार हुन सकेन । मलाई घेराउ गरियो काम गर्न दिएन । कसले दिएन ? सरकारले चार/चार वटा नीति तथा कार्यक्रम पारित हुँदा पनि कसले अवरोध गर्‍यो ?’ खनालले भने । उनले केपी शर्मा ओली नेतृत्वपछिको सरकार कसको हो भन्ने विषयमा आफू अन्योलमा रहेको बताए ।

‘पार्टीको सरकार थियो कि व्यक्तिको सरकार थियो ? त्यो अहिलेसम्म बुझेकै छैन । त्यस समयमा बनेको सरकार खड्गप्रसाद ओलीको सरकार हो कि त्यस समयका पार्टीहरुको सरकार थियो ? प्रचण्ड कमरेडलाई पक्कै पनि थाहा छ उहाँले एक पक्षको नेतृत्व गर्नुभएको थियो । त्यस समयमा नेकपा एमालेको तर्फबाट पार्टीलाई केही थाहा पत्तै भएन । सल्लाह नै भएन जानकारी पनि भएन,’ उनले भने, ‘मर्निङ सो द डे भनिन्छ त्यसैले मलाई त्यसै दिन शंका लागेको थियो यो सरकार अब कसरी चल्ने हो भनेर । यो कति दिन वा कति महिना चल्ने हो भनेर । ४१ महिना चल्यो र संविधानले दिएको आयु ५ वर्षको थियो । ४१ महिना पुग्दा नपुग्दै सरकार ढलपल(ढलपल भयो । कसले हल्लाएको होइन ।’

उनले तत्कालीन प्रतिपक्षी दल एमाले नभई आफैंले ढालेको बताए । ‘संसद्‌भित्र सरकारका लागि प्रतिपक्ष हो, विपक्षी दलको संसद्‌मा अफ्ठ्यारो पार्ने गर्छ तर त्यस समयमा प्रतिपक्ष दल कानमा तेल हालेर बसेको थियो । कसैले अवरोध र असहयोग गरेको होइन,’ उनले भने ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #jhalnath


तपाईको प्रतिक्रिया दिनुहोस