Techie IT
×
गृहपृष्ठराजनीतिप्रतिनिधिसभाको अन्तिम बैठकमा प्रचण्ड : केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी हो

प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रचण्ड : केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी हो


काठमाडौं, १ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । एमाले अध्यक्ष ओलीले संसद्‍ विघटनको बचाउ गरिरहँदा दाहालले यस्तो प्रतिक्रिया दिएका थिए ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै,’ दाहालले भने ।

यस्तै नेता ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी भएको बताएका थिए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #prachanda


तपाईको प्रतिक्रिया दिनुहोस