Techie IT
×
गृहपृष्ठराजनीतिमधेशी, जनजाति, थारु, मुस्लिमसँग राज्यको व्यवहार अझै यथोचित छैन : उपेन्द्र यादव

मधेशी, जनजाति, थारु, मुस्लिमसँग राज्यको व्यवहार अझै यथोचित छैन : उपेन्द्र यादव


काठमाडौँ, ३१ जेठ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रतिनिधिसभामा प्रस्तुत संविधान संशोधनसम्बन्धी प्रस्तावमा आफ्नो पार्टी सर्वसम्मत भएर सहयोग गर्ने बताएका छन् ।

सदनमा प्रस्तुत संविधानको दोस्रो संशोधनको छलफलको क्रममा समाजवादी पार्टीका नेता यादवले आफ्नो पार्टी एक ढिक्का भएर सहयोग गर्ने निर्णय गरेको भन्दै राष्ट्रियताको सवालमा आफ्नो पार्टी एक ढिक्का भएको पनि बताए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको पृष्ठभूमिबारे बोल्दै उनले विगतमा भएको महाकाली सम्झौतामा त्रुटि भएको स्वीकार गर्नुपर्ने बताए । उनले सन् १९५४ देखि हालसम्म भारत र चीनबीच छ पटक लिपुलेक भएर व्यापारिक मार्ग बनाउने वार्ता र सहमति भइरहँदा तात्कालीन सरकार मूकदर्शक भएर बस्नु चिन्ताजनक रहेको बताए ।

नेता यादवले राष्ट्रवाद नागरिकको भावनामा निहित हुने बताए। उनले राष्ट्रियता मजबुत बनाउन सरकारले जनताको भावना बमोजिम राष्ट्रप्रति अपनत्व बढाउने कार्य गर्नुपर्ने बताए । उनले भाषा, व्यवहार, संविधान र सेनाले राष्ट्रिय एकता बनाउन नसकिने तर्क गरे । नेता उपेन्द्र यादबले मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिमसँग राज्यको व्यवहार अझै यथोचित नभएको बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस