Techie IT
×
गृहपृष्ठराजनीतिकुनै पनि राजनीतिक नियुक्तिमा मेरो अवाञ्छित चासो र हस्तक्षेप छैन : ईश्वर पोखरेल

कुनै पनि राजनीतिक नियुक्तिमा मेरो अवाञ्छित चासो र हस्तक्षेप छैन : ईश्वर पोखरेल


काठमाण्डौ, १० भदौ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको बताएका छन् ।

उनले बुधबार विज्ञप्तिमार्फत आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लङ्घन गरेर नभएको जनाए ।

‘भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’

मन्त्री पोखरेलले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरुद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्याङ्कीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरे ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस