Techie IT
×
गृहपृष्ठराजनीतिमेरो श्रीमतीको पनि डबल डिग्री छ : ओली

मेरो श्रीमतीको पनि डबल डिग्री छ : ओली


काठमाडौं, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणातर्फ लक्षित गर्दै आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन्।

‘मेरो श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ’ आइतबार काठमाडौंमा भएको युवाहरुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नातावाद र क्रिपावाद हुने काम हुँदैन।’

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलालाई ३३ प्रतिशत पुर्‍याउने कार्यमा आफू प्रतिवद्धत रहेको बताए। उनले जित्न सक्ने स्थानमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने र नजित्ने अवस्था भएमा समानुपातिकबाट भएपनि ३३ प्रतिशत महिलाको सहभागिता गराउने बताए।

पछिल्लो समय प्रधानमन्त्री देउवापत्नी आरजु राणा देउवा सक्रिय भएकोप्रति उनको टिप्पणी थियो। उनले आरजुको नाम भने लिएनन्। ओलीले आफ्नो भाइ भएको तर कहीँपनि राजदूत वा कतै भाग मागेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस