Techie IT
×
गृहपृष्ठराजनीतिशान्ति प्रक्रिया, संविधान निर्माण, प्राकृतिक विपदको समस्यामा सहकार्य गर्दै नेकपा अघि बढेको हो : प्रचण्ड

शान्ति प्रक्रिया, संविधान निर्माण, प्राकृतिक विपदको समस्यामा सहकार्य गर्दै नेकपा अघि बढेको हो : प्रचण्ड


काठमाडौं, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गर्दै नेकपा यहाँसम्म आएको बताएका छन् ।

शान्ति प्रक्रिया, संविधान निर्माण, प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर नेकपा अघि बढेको बताए । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उनले आफ्नो धारणा राख्दै राजतन्त्र गुमाएर गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको पनि बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस