Techie IT
×
गृहपृष्ठराजनीतिएमालेद्वारा केपी ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

एमालेद्वारा केपी ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने छन्।

बैठकले भदौको ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस