Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानन्यायाधीश राणालाई एमालेले जोगाउन चाहिरहेको छ : हरिवोल गजुरेल

प्रधानन्यायाधीश राणालाई एमालेले जोगाउन चाहिरहेको छ : हरिवोल गजुरेल


काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रका सांसद हरिवोल गजुरेलले महाभियोग प्रस्ताव दर्ता गरिएका प्रधानन्यायाधीश राणालाई एमालेले जोगाउन चाहिरहेको बताएका छन्।

‘प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन। प्रतिपक्ष त अगाडि आउनुपर्‍यो नि ! ल तपाईंहरु अगाडि बढाउनुस्, हामी छौँ। तर आज प्रतिपक्षी जिब्रो चपाएर कुरा गरिरहेको छ। यहाँ सोझै बोल्न गाह्रो छ। प्रतिपक्षी जोगाउन चाहिरहेको छ। किनकि सोझै बोल्दा जनताका बीचमा, जनताको नजरमा पार्टीको छवि, व्यक्तिको छवि गिर्छ’ उनले भने।

आइतबारदेखि सुरु भएको महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै गजुरेलले एमालेले अहिले सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा आएर महाभियोग प्रस्तावलाई छिटोभन्दा छिटो पारित गरौं भनेर सहमति दिनुपर्ने बताए। उनले व्यवस्था बदलिए पनि अवस्था नबदलिएको र राजनीतिक चरित्र जस्ताको तस्तै भएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने उनको आग्रह गरे।

उनले राणाका समग्र गतिविधि र परिणामहरु राष्ट्रले भोगेको र देखेको बताए। ‘आम जनता त्यसमा स्पष्ट छ। तर संसद्‌भित्र भएका राजनीतिक दलहरु यस्तो विषयमा प्रष्टरुपमा नआउँदा जिब्रो चपाएर कुरा गर्ने, हामी जनताका प्रतिनिधि हौं भने सत्यको पक्षम उभिनुपर्छ कि पर्दैन ? प्रक्रिया मिल्यो कि मिलेन, समय मिल्यो कि मिलेन भन्ने कुरा मुख्य हो कि, गलत भएको हो कि होइन ? महाभियोग ल्याउनुपर्ने थियो कि थिएन ? त्यो कुरामा हाम्रो ध्यान जानुपर्छ’, उनले भने।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #haribol gajurel


तपाईको प्रतिक्रिया दिनुहोस