Techie IT
×
गृहपृष्ठराजनीतिभावी अर्थमन्त्रीमा विष्णु पौडेल ?

भावी अर्थमन्त्रीमा विष्णु पौडेल ?


अर्थमन्त्री अहिले डा. युवराज खतिवडा छन् तर अर्थमन्त्रालय अनौपचारिक रुपमा विष्णु पौडेलले वाहिर बसेर सञ्चालन गर्न थालेकाले पौडेललाई भावी अर्थमन्त्रीको रुपमा कर्मचारीहरुले हेर्न थालेका छन् ।

पार्टी विवाद मिलाउने पौडेल नेतृत्वको कार्यदलको रिपोर्टमा संघ र प्रदेशको सरकार पुनर्गठनको विषय समेटिएको छ ।

दुई अध्यक्ष, सचिवालय हुँदै स्थायी समितिले अनुमोदन गरेसँगै यो प्रतिवेदनको कार्यान्वयन हुने विश्वास गरिएको छ । किनभने यो प्रतिवेदनको तयारी र अन्तिम रुप दिंदासम्म विस्णु पौडेलले दुवै अध्यक्षकोमा गएर सल्लाह र सहमति गराएका थिए ।

राष्ट्रियसभाको समेत म्याद गुज्रन लागेका र पार्टीमा धेरै नै विवादमा फसेका डा. युवराज खतिवडालाई विदाइ गर्ने प्रबल सम्भावना देखिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पनि विदाइको सम्भावना रहेको वालुवाटार स्रोतले जनाएको छ । वाणिज्य तथा उद्योग राज्यमन्त्री मोतिलाल दुगडको पनि विदाइको सम्भावना धेरै छ ।

मन्त्री पद जे पनि हुनसक्छ भन्दै ऊर्जामन्त्री वर्षमान पुनले हतारहतार गरेर कामकार्वाही अगाडि बढाएका छन् । उनी अबको मन्त्रीमण्डलको पुनर्गठनमा विदाइ हुने मनस्थितिमा रहेको उनको सचिवालय स्रोतले बताएको छ । ‘काम गर्दा प्रधानमन्त्रीले धेरै नै हात बाँधेकाले आफूलाई सकस परेकाले कतिपय नीतिगत र कतिपय व्यावहारिक कारणले पनि सँगै बस्नसक्ने अवस्था नरहेको’ भन्दै वर्षमान पुनको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘एक दशकभन्दा अघिदेखि कहिले आफू र कहिले श्रीमती ओनसरी घर्ती लगातार मन्त्रीमा बसेको र सधैं मन्त्री, सभामुख बनेर बस्दा आफूलाई सधैभरि साथ दिने साथीहरुबाट समेत अवसर आफू र आफ्नो श्रीमतीका लागि मात्र खोज्ने भनेर आलोचना गरिरहेकाले अवसर नपाएका तर आफूलाई सहयोग गर्दै आएकालाई अगाडि बढाएर सहयोग गर्ने सोंच रहेको छ ।’

अवसरहरु सही ढंगले वितरण गर्दै अरुलाई सहयोग गर्ने वर्षमान पुनको सोंच साँच्चै हो भने यसले नयाँ संस्कारको थालनी गर्नेछ ।

सबै मन्त्री हटाएर नयाँ सेट लैजाने कि पर्फमेन्स हेरेर विदाइ दिने कि सिनियरहरुलाई मन्त्रीमा राखेर जुनियरलाई विदाइ गर्ने कि भन्नेमा दुई अध्यक्षबीच अनौपचारिक छलफल भइरहेको र निश्कर्ष ननिस्किसकेको समाचार छ ।

जे भए पनि स्थायी समितिको वैठक लगत्तै मन्त्रीमण्डलको पुनर्गठन हुने सम्भावना प्रबल छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस