Techie IT
×
गृहपृष्ठराजनीतिसंविधान संशोधनको पक्षमा मत दिन समाजवादी पार्टीको ह्विप जारी

संविधान संशोधनको पक्षमा मत दिन समाजवादी पार्टीको ह्विप जारी


काठमाडौं, ३१ जेठ । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ। नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनका बिरुद्ध सांसद सरिता गिरीले बिधेयक दर्ता गरेपछि सो पार्टी बिवापदत बनेको थियो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि सोही नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडि बढाएको हुँदा आफुहरुले सांसदहरुलाई सो प्रृकयाका पक्षमा मत दिन ह्वीप जारी गरेको सांसद प्रदीप यादवले जानकारी दिए।

ह्विप जारी भएसँगै दलीय निर्णयको विपक्षमा जाने सांसदहरूलाई राजनीतिक दलसम्बन्धी कानुनमा टेकेर कारबाही हुन सक्छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस