Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा कार्यदलले प्रतिवेदन तयार पार्यो, दुई अध्यक्षलाई बुझाउने तयारी

नेकपा कार्यदलले प्रतिवेदन तयार पार्यो, दुई अध्यक्षलाई बुझाउने तयारी


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

कार्यदलका एक सदस्यका अनुसार केही समयपछि पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यदलले अध्यक्षद्वय प्रचण्ड र केपी ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो । ती सदस्यका अनुसार तयार भएको प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि बैठक बसिरहेको छ ।

पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भिम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदलले छिट्टै प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको थियो ।

नेकपा कार्यदलले यसअघि अध्यक्षद्वयबीच भएको सहमतिका आधारमा प्रतिवेदन तयार पारेको जनाइएको छ । प्रतिवेदनमा अध्यक्षद्वयको प्रष्ट कार्यविभाजन, पार्टीको महाधिवेशन, मन्त्रिमण्डलका सदस्य परिवर्तन, केही मुख्यमन्त्रीको हेरफेर, राजनीतिक नियुक्तिलगायतका विषयमा सुझाव दिने बुझिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस