Techie IT
×
गृहपृष्ठराजनीतिवामदेव गौतमलाई निष्कासन गर्ने पाँच नेता कारबाहीमा

वामदेव गौतमलाई निष्कासन गर्ने पाँच नेता कारबाहीमा


काठमाडौं, १९ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जना नेता कारबाहीमा परेका छन्। शनिबार बसेको एकता अभियानको सचिवालय बैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचजनालाई निष्कासन गर्ने निर्णय गरेको हो।

नौ जना सचिवालय सदस्यमध्ये आठ जनाको उपस्थितिमा पाँच नेताहरूलाई कारबाही गरिएको एकता राष्ट्रिय अभियानका प्रवक्ता निमाकान्त पाण्डेले बताए। उनले भने, उहाँहरूको कारबाहीको अर्थ छैन। पार्टीमा बहुमत सचिवालय सदस्यको बैठक बसेर युवराज सफललाई पार्टीमा फर्कन नमिल्ने गरी र अन्य चार जनालाई आत्मालोचना गरे पार्टीमा फर्किन सक्ने गरी बैठकले कारबाही गरेको छ।’

अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी पाँच बुँदे आरोपसहित गौतमलाई निष्कासन गर्ने निर्णय गरेको थियो।

एक साताअघि मात्रै गौतमले कम्युनिष्ट एकता गर्ने भन्दै पार्टीको घोषणा गरेका थिए। उनले पार्टी घोषणालगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर एकताको प्रस्ताव समेत राखेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #bamdev, #hot


तपाईको प्रतिक्रिया दिनुहोस