गृहपृष्ठ ∕
राजनीति ∕
सडकमा युवाहरुको उत्साही आन्दोलन, काठमाडौंमा आज विशाल जुलुश
सडकमा युवाहरुको उत्साही आन्दोलन, काठमाडौंमा आज विशाल जुलुश
काठमाडौंसहित देशैभरि स्वतःस्फुर्त रुपमा युवाहरुको आन्दोलन सुरु भएको छ । लकडाउनको कुनै पर्वाह नगरी उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
जीवनसँग जोडिएका सकारात्मक मुद्धाहरुलाई उठाएर युवाहरु सडकमा आएका हुन ।
भ्रष्टाचार, अनियमितताको विरोध र सुशासन तथा स्वास्थ्य अधिकारका विषयमा उनीहरुले आवाज उठाएका छन् ।
केही वर्ष यता युवाहरुको देशप्रेमको भावना मर्दै गएको थियो । उनीहरु निराश हुँदै विदेशको गन्तव्य रोज्ने गर्थे । सचेत र जुझारु युवाहरुले देशको शासन सुधार्न जोखिम उठाएर सडकमा उत्रिएका छन् ।
उनीहरुको मागलाई यथासक्य चाँडो सम्वोधन सरकारले गर्नैपर्छ ।
यसलाई उपेक्षा गर्ने या दमन गर्ने हो भने राजनीतिक दुर्घटना हुनसक्छ । यो स्वच्छ र ऊर्जाशील आन्दोलनलाई गलत पक्षले दुरुपयोग गर्नसक्छ ।
काठमाडौंबाट सुरु भएको यो आन्दोलन देशैभरि विस्तार भएको छ ।
आज पनि उनीहरुले काठमाडौंमा विशाल आन्दोलनको तयारी गरेका छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking