Techie IT
×
गृहपृष्ठराजनीतिविप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यसहित चारजनाले पार्टी छाडे

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यसहित चारजनाले पार्टी छाडे


काठमाडौं, ९ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यसहित चारजनाले पार्टी छाडेका छन्। ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियार लगायतले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीबाट राजीनामा दिएको बताएका हुन् ।

पुन पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज हुन्। यस्तै खड्का सेती ब्युरो इन्चार्ज छन्। धामी महाकाली इन्चार्ज थिए भने परियार दार्चुला र कञ्चनपुर इन्चार्ज हुन्।

गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले विप्लवलगायतका नेतालाई कारबाही गरेर नेकपा (बहुमत) गठन गरेका थिए। नेकपा महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै बास्तोलाले आफ्नै संयोजकत्वमा २६ वैशाख २०७९ मा नेकपा बहुमत गठन गरेका थिए।

चारजनाले टुटफुट र विभाजनबाट नभई एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान गरेका छन्। अहिलेसम्म कुन पार्टीमा जाने भन्ने उनीहरुले खुलाएका छैनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना माओवादी एकै ठाउँ हुने दिन आएको बताएको केही दिनपछि विप्लवबाट केही नेताले राजीनामा दिएको चर्चा छ ।

गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले विप्लवलगायतका नेतालाई कारबाही गरेर नेकपा (बहुमत) गठन गरेका थिए। नेकपा महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै बास्तोलाले आफ्नै संयोजकत्वमा २६ वैशाख २०७९ मा नेकपा बहुमत गठन गरेका थिए।

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताएका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #biplav, #breaking


तपाईको प्रतिक्रिया दिनुहोस