Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीको अनुपस्थितबारे खेद प्रस्ताव पारित गर्न भीम रावलको माग

प्रधानमन्त्रीको अनुपस्थितबारे खेद प्रस्ताव पारित गर्न भीम रावलको माग


काठमाडौं, ५ असार । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताएका छन् । समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उनले बताए ।

आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई ‘आउन नसक्ने’ जानकारी गराएको थियो ।

आजको बैठकमा सभापति खरेलले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् । तर कांग्रेसका सचेक पुष्पा भुसाल, दिव्यराज भण्डारी लगायतले यसलाई अपमान गरेको भनेर भन्न नमिल्ने तर्क गरेका थिए ।

एमाले सांसद रावलले भने, ‘यहाँ सांसदहरुले अपमान नभनौं भन्नुभो, म त भन्छु यो खेदजनक छ । खेदप्रस्ताव पारित गरौं ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #bhim rawal, #breaking


तपाईको प्रतिक्रिया दिनुहोस