निर्वाचन आयोगमा दर्ता भयो नेकपा (एमाले) !
काठमाडौं, ३ भदौ । सत्तारुढ नेकपालाई तरंगित बनाएको नेकपा (एमाले) दल निर्वाचन आयोगमा दर्ता भएको छ ।
गत असार १२ गते आयोगमा दल दर्ताको लागि निवेदन परेको यो दल सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशन र सल्लाहमा गठन भई प्रकृया अघि बढाइएको भन्दै सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुले आरोप लगाउँदै आएका थिए ।
निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको आयोगका एक सदस्यले बताए । यो दल एक सय ३२ औं पार्टी बनेको छ ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#nekapa amale,
#नेकपा (एमाले)