Techie IT
×
गृहपृष्ठराजनीतिजसपाले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने

जसपाले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने


काठमाण्डौ, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संसदमा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिए। नेपालको नयाँ नक्साा अनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छिन् । त्यो विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस