Techie IT
×
गृहपृष्ठराजनीतिबालुवाटारमा प्रम ओलीसँग प्रचण्ड–देउवा भेटघाट, संवैधानिक आयोगमा काँग्रेसको पनि भागशान्ति !

बालुवाटारमा प्रम ओलीसँग प्रचण्ड–देउवा भेटघाट, संवैधानिक आयोगमा काँग्रेसको पनि भागशान्ति !


काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सोमबार बिहान भेटवार्ता भएको छ । नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि बोलाएपछि सभापति देउवा नेता रमेश लेखकलाई साथै लिएर बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि सहभागिता थियो । भेटवार्तामा वर्तमान कोरोना सङ्कट र समाधानका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगको पूर्णताका लागि पनि बैठकमा छलफल भएको बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिनका लागि काँग्रेस तयार रहेको सभापति देउवाले कुरा राखेको नेता लेखकले बताए ।

सोहीअनुसार बैठकमा सभापति देउवाले कोरोना नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गरेका थिए । बाढीपहिरोका कारण सिन्धुपाल्चोकसहित देशका विभिन्न भागमा धनजनको ठूलो क्षति भइरहेकाले पीडितलाई उचित राहत र समस्यामा परेकाहरूको पुनर्स्थापनाका लागि पनि सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको नेता लेखकले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot


प्रतिक्रिया दिनुहोस