गृहपृष्ठ ∕
जनमञ्च ∕
त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित
त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित
उदयपुर, १६ जेठ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन्।
उनले १३ हजार ९ सय ५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत ल्याए। नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे।
उपप्रमुखमा भने नेकपा एमालेकी महेश्वरी राई १३ हजार ७ सय ३ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी सरिता राईले ११ हजार ९ सय ८१ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रकी गीता खड्का ९कार्की०ले ६ हजार ५ सय ६८ मत ल्याइन्।
योसँगै ७ सय ५३ मध्ये ७ सय ५२ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने पुन : मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।
क्याटेगोरी :
जनमञ्च,
राजनीति
ट्याग : #hot,
#triyuga,
#udayapur