Techie IT
×
गृहपृष्ठराजनीतिलामो समयको संवादहीनतापछि ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

लामो समयको संवादहीनतापछि ओली–प्रचण्डबीच बालुवाटारमा छलफल


काठमाडौं, २९ साउन । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित छ।


क्याटेगोरी : राजनीति
ट्याग : #baluwatar, #breaking, #kp oli, #nekapa, #prachanda, #नेकपा

प्रतिक्रिया दिनुहोस