Techie IT
×
गृहपृष्ठराजनीतिजसपामा उपेन्द्र र महन्थ अध्यक्ष, बाबुराम बने ‘बिचरा’ !

जसपामा उपेन्द्र र महन्थ अध्यक्ष, बाबुराम बने ‘बिचरा’ !


काठमाडौं, २५ जेठ । यस अघिको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले एकता गरी निर्वाचन आयोगमा नयाँ पार्टीको रुपमा दर्ता गर्न आज औपचारिक रूपमा निवेदन दर्ता गराएको छ ।

आज दर्ता गराइएको निवेदनमा दुई दल मिलेर बन्ने नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहेको छ । प्रस्तावित नयाँ पार्टीका पदाधिकारी र सदस्यहरुको नामावली सूचीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्  ।

वरिष्ठ नेतामा तीन जना क्रमशः आशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महत्वको नाम रहेको छ ।

पूर्व प्रधामन्त्रीसमेत रहेका भट्टराई माओवादी पार्टीबार्टीबाट नयाँ शक्ति र त्यहाँबाट पनि ‘ठूलो भाग’ खोज्दै मधेश निकट जातीय क्षेत्रीय दलमा केही महिना अघि पुगेका हुन् । अध्यक्ष पदको दाबेदारी गर्ने बाबुराम जसपामा भनेजस्तो पद नपाउँदा ‘बिचरा’ बनेको नयाँ शक्तिका केही पूर्व नेताहरुले बताएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *