Techie IT
×
गृहपृष्ठराजनीति‘पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त’

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त’


काठमाण्डौ, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको उद्देश्य लोकतन्त्रको अभ्यास गर्नु र गराउनु रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो भनेका छन् । साथै उनले पार्टीभित्रको अहिले देखिएको समस्याको बारेमा पनि बताएका छन्। उनले लेखेका छन्, ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो ।’

यो परिपाटीले समस्या समाधान नभइ झन् जटिल बनाउने भन्दै नेता श्रेष्ठले यसतर्फ सजग गराएका छन् । उनले पार्टी एकताको रक्षा गर्दै, सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढ्न आग्रह गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस