साझा पार्टीको ‘कला विद्रोह’
ललितपुर, २५ साउन । सरकारले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै साझा पार्टी ले ‘३६५ दिन नै गाईजात्रा’ प्रतिस्थापन कला विद्रोह मार्फत साङ्केतिक खबरदारी गरेको छ।
कोरोना नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टचारीलाई काखी च्यापेको, न्याय निमोठेको र भोकमरीको चपेटामा परेका जनताको अभिभावक हुन नसकेको भन्दै साझाले रचनात्मक विरोध प्रदर्शन गरेको हो। साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले कोरोना महामारीको बीचमा पनि ‘प्रतिस्थापन कला विद्रोह’ मार्फत सरकारलाई रचनात्मक तवरले सन्देशमूलक खबरदारी गर्न खोजिएको बताए।
यति प्रकरण, ७० करोड काण्ड, अख्तियार आयुक्त राजनारायण पाठक प्रकरण, ओम्नी प्रकरण, निर्मला हत्याकाण्ड, अंगीरा पासी हत्या, एसिड आक्रमण, गीता ढकालका हत्यारा उन्मुक्ति काण्ड, नवराज बिक लगायतको हत्या, बालुवाटार जग्गा प्रकरणमा मुछिएको सरकार सत्याग्रहीसँग अमानवीय प्रस्तुत भएको भन्दै रचनात्मक किसिमले सरकारलाई खबरदारी गरिएको परियारले जनाए।
क्याटेगोरी :
राजनीति,
साहित्य