गृहपृष्ठ ∕
राजनीति ∕
भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता विश्वप्रकाशद्वारा आलोचना
भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता विश्वप्रकाशद्वारा आलोचना
काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुद्धबारे भारतका विदेशमन्त्री एस. जयशंकरले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले बुद्ध नेपालको जन्मिएका हुन् भन्ने पौराणिक र प्रमाणिक तथ्यविरुद्ध बोलेको भन्दै जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग नेपालको रहेको पौराणिक र प्रमाणिक तथ्य विरुद्ध भारीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ,’ शर्माले ट्वीटरमा भनेका छन् । उनले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मिएको अभिव्यक्ति दिएको केही दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको बुद्धबारे अभिव्यक्ति आएको हो । यसलाई शर्माले आवेगेको जवाफमा आवेग पस्किएको रुपमा लिएका छन् ।
क्याटेगोरी :
राजनीति