Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्डसँग वार्ता गर्न ओलीले नेम्वाङलाई खुमलटार पठाए

प्रचण्डसँग वार्ता गर्न ओलीले नेम्वाङलाई खुमलटार पठाए


काठमाडौं, २२ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । दाहालले ओलीसँग आफूले नेम्वाङसँग भेटवार्ता गर्न चाहेको बताएपछि ओलीले नै नेम्वाङलाई खुमलटार पठाएका हुन् ।

नेम्वाङ र दाहालबीच के कुरा भयो भन्ने कुरा बाहिर आएको छैन् । तर, आजको भेटवार्तामा नेम्वाङले दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

हिजोमात्रै दाहालले काठमाडौंमा आफ्नो समूहका नेताहरुको उपस्थितिमा पार्टीनिकट पत्रकारहरुसँग ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले ओलीले पार्टीको निर्णय मान्न छाडेको आरोप लगाएका थिए । र, पार्टीमा अब खराबभन्दा खराब स्थितिपनि आउनसक्ने भन्दै खराब स्थिति आएपनि त्यो भोग्न तयार रहन नेता÷कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस