Techie IT
×
गृहपृष्ठराजनीतिभैंसेपाटीमा प्रचण्ड–बामदेव भेटवार्ता

भैंसेपाटीमा प्रचण्ड–बामदेव भेटवार्ता


काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेब गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् ।

उनी गौतमलाई भेट्न मंगलबार गौतम निबास पुगेको हुन् । पार्टीमा देखा परेको पछिल्लो विवादबारे लामो समयदेखि नेकपा अनिर्णयको बन्दी बनिरहेको सन्दर्भमा प्रचण्ड–बामदेव भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी विवाद अन्त्य गर्न केही दिन अघि उपाध्यक्ष गौतमले ६ बुँदे लिखित प्रस्ताव नै पेश गरेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक बिषयमा छलफल हुने प्रचण्ड निकट श्रोतले जनाएको छ ।

प्रधामन्त्री केपी ओली एकलौटी रुपमा निर्णय गर्दै अघि बढेपछि नेकपा सचिवालय र स्थायी कमिटीका बहुमत सदस्हरु ओलीप्रति रुष्ट बनेका छन् । उनले दुई मध्ये एक पद छोड्नु पर्ने प्रचण्डको अडान छ भने ओली दुबै पद नछोड्ने पक्षमा छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस