गृहपृष्ठ ∕
राजनीति ∕
स्थायी बसोबासका लागि बालकोट अढाई वर्षपछि फर्किन्छु : ओली स्थायी बसोबासका लागि बालकोट अढाई वर्षपछि फर्किन्छु : ओली
काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास भक्तपुरको बालकोट पुगेका छन् । सोमवार बिहान बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली अकस्मात बालकोटस्थित निजी निवास पुगेका हुन् ।
बालकोट पुगेर उनले आफू अढाइ वर्षपछिमात्रै स्थायी बसोबासका लागि फर्किने बताएका छन् ।
प्रधानमन्त्री ओलीको घरमा बसिरहेका नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ‘अब कहिले आउने हो तपाई यहाँ बस्ने गरी’ भनेर सोधेका थिए । जवाफमा ओलीले भने–अब अढाइ वर्षपछि ।
मृगौला प्रत्यारोपण गरेपछि राष्ट्रपति कार्यालय, संसद् भवन र सिंहदरबारबाहेक अन्यत्र नगएका ओली सोमबार निजी निवास पुगेका हुन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#hot