Techie IT
×
गृहपृष्ठराजनीतिओली–प्रचण्डबीच आज पनि छलफल, जुटेन सहमति

ओली–प्रचण्डबीच आज पनि छलफल, जुटेन सहमति


काठमाण्डौ, १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

आज बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि भोलि फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।

लामो समयको संवादहीनतापछि हिजोदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । ओलीसाउन १३ गते ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा त्यही दिन केही नेताहरुको भेला बसेको थियो ।

आन्तरिक विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अझै टुङ्गोमा पुग्न सकेको छैन ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


तपाईको प्रतिक्रिया दिनुहोस