झण्डै एक हप्तादेखि गत्यावरोध भएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता फरकफरक साक्षी राखेर बसेको वार्ता सकिएको छ । वार्ता हुनु मात्र पनि सकारात्मक मानिएको छ ।
आजको वार्तामा प्रचण्ड पक्षबाट पार्टीका वरिस्ठ नेता झलनाथ खनाल र केपी शर्मा ओलीको पक्षबाट संसदीय दलका उपनेता तथा स्थायी समितिका सदस्य सुवास नेम्बाङ साक्षी रहेका थिए ।
यसअघि प्रचण्डले जनार्दन शर्मा र वर्षमान पुन राख्थे भने केपी शर्मा ओलीले विष्णु पौडेल र शंकर पोखरेल राख्ने गर्थे ।
संयोग नै भनौं यसअघि पाँच नम्बर प्रदेशका विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन पाँच नम्बर प्रदेशका थिए भने जनार्दन शर्मा पाँच नम्बर प्रदेशसँग जोडिएका कर्णाली प्रदेशका थिए । यसपटकका साक्षी प्रदेश एकका अझ इलाम जिल्लाका छन् ।
झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्षले आफ्नो अडान कायमै राखेपछि कुनै निष्कर्ष निस्कन नसकेको हो ।
केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेको केही समयमै २९ जना स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका थिए ।
बहुमत प्राप्त स्थायी कमिटी बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो । बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन ।
आइतबारदेखि दुई अध्यक्षबीच फेरि संवाद सुरु भएको हो । उनीहरुबीच गएको साउन १३ गतेदेखि संवाद हुन सकेको थिएन ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking