Techie IT
×
गृहपृष्ठराजनीतिस्थायी कमिटीको बैठक लम्बिएको जनतालाई मन परेको छैन : गजुरेल

स्थायी कमिटीको बैठक लम्बिएको जनतालाई मन परेको छैन : गजुरेल


काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले स्थायी कमिटीको बैठक लम्बिनु सुखद् नभएको र जनतालाई पनि मन नपरेको स्पष्ट पारेका छन् ।

कोरोनाविरुद्ध पार्टी एकताबद्ध भएर जानुपर्नेमा बहसमा अल्झिनु गलत भएको उनको टिप्पणी छ । शुक्रबार एक टेलिभिजनबाट प्रसारण भएको अन्तर्वार्तामा बोल्दै उनले बैठक छोटो हुनुपर्नेमा त्यसो नभएकोमा आफूहरु अत्यन्तै चिन्तित भएको बताएका हुन् ।

बजेट, नीति, कार्यक्रम जस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्री ओलीले सांसदहरुसँग सल्लाह नगरी एक्लै दौडिँदा सरकार सफल हुन नसकेको बताए ।


क्याटेगोरी : राजनीति, संसद


प्रतिक्रिया दिनुहोस