Techie IT
×
गृहपृष्ठराजनीतिदेउवा पक्षमा : कोइराला विपक्षमा

देउवा पक्षमा : कोइराला विपक्षमा


सत्तारुढ पाँच दलीय गठबन्धनलाई भत्काउन नेपाली काग्रेका सभापति पदका पराजीत उम्मेदवार डा. शेखर काइराला लिट्टी कसेर लागेका प्रसंगहरु बाहिर आएका छन् । कोइराला र कोइराला समर्थित पदाधिकारीहरुले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्नु नहुने तर्क र बहस पार्टी पंक्ति र बाहिर ल्याइसकेका छन् । नेकपाको विघटन लगतै भएको एमालेको विघटनले गणितीय हिसावमा कांग्रेस बलियो भएको ठहर उनीहरुको छ । तर, सभापति शेरबहादुर देउवा पक्षधर समूहभने गठबन्धनलाई अगाडि संघीय संसदको निर्वाचनसम्म लैजाने राय वाहिर ल्याइरहेका छन् ।

गठवन्धनको भविष्य :

नेकपा र एमालेको विभाजनसँगै राष्ट्रिय राजनीतिमा देखा परेको फेर बदलको जनस्तरीय जनतमतको अड्कल अहिले नै निकाल्न सकिन्न । केपी शर्मा ओलीले गरेको प्रतिगामी हर्कतबाट संगठित पाँच दलीय बगठबन्धनको भविष्य गठबन्धनकै पक्षमा रहेमात्र त्यसले सार्थकता पाउने निश्चित छ । आउने निर्वाचनसम्मकै गठबन्धनले मात्र ओली प्रवृत्तिलाई परास्त गर्न सक्नेछ । अन्यथा फरि पनि जनताले निराशा मात्र पाउने छन् । र, त्यसको परिणाम प्रत्युत्पादक हुने देखिन्छ ।

भर्खरै माओवादी केन्द्रको दशौँ महाधिवेशनमा देउवाले गठवन्धन अगाडि निर्वाचनसम्म जाने सार्वजनिक गरेपछि गठवन्धन विरोधी कांग्रेसीहरु तातिएका छन् । तर, देउवा समूह गठवन्धन वेगर एमालेलाई परास्त गर्न नसकिने निर्णयमा अडिग देखिन्छ । कोइराला पक्षधर भने गठवन्धनको भविष्यसँगै आफू कमजोर हुने आँकलन त्यही छिद्र बनाउन लागि परेका छन् ।

कांग्रेसभित्रको कलह :

नेपाली कांग्रेस महाधिवेशन यता पुरै दुई गुटमा विभाजित छ । यसरी विभाजित कांग्रेसको भविष्य कांग्रेस भित्रको कलह भने कमजोर बनाउने निश्चितै छ । यसैत कांग्रेस ०७४ को निर्वाचन परिणामबाटै डिप्रेसनमा छ । यस्तो डिप्रेसनमा परेको कांग्रेसमा अन्तरकलह पनि थपिँदा झनै कमजोर हुनेछ । एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) संस्थागत भइसकेको छैन । माओवादी केन्द्र संगठनात्मक रुपमा भर्खर भर्खर तङ्ग्रिन खोजिरहेको छ । समाजवादी र माओवादीलाई साथमा लिएर नजाँदा कांग्रेस नै भड्खालोमा पर्ने त निश्चित नै छ । उता जनता समाजवादी पार्टी र साना वाम दलको पनि समर्थन सहयोग नहुने स्थिति बन्यो भने कांग्रेसको हालत ०७४ को आम चुनावभन्दा पनि निराशाजनक हुने देखिन्छ ।

एमालेको तुरुप :

यतिखेर एमालेको तुरुपले गठबन्धन भित्र कलह ल्याउने जोरजुलुम प्रयास गरिरहेको छ । गठवन्धन भत्काउन नसके चाँडो निर्वाचन गराउन दवाव दिएर भएको संगठनलाई चुनावतर्फ केन्द्रित गर्नु एमालेको अर्को वाध्यता हो । अहिले पनि स्थानीय तहको नेतृत्वमा एमाले नै बलियो छ । यसैबेला कम से कम स्थानीय तहको निर्वाचनतर्फ मोड्न पाए समाजवादी तर्फ लाग्न खुट्टो उचालेका कार्यकर्तालाई रोक्न सकिने आँकलन एमालेको छ । तीन सय ९७ स्थानीय तहमा निर्वाचनको मिति आज भोलि नै तय भए गठबन्धवनको गृहकार्यलाई रोक्न सकिने वा उनीहरुले कम समय पाउने भएकाले एमालेलाई फाइदा हुनेछ ।

बतासै बतास :

एमसीसी पछि एमालेको राजनैतिक भविष्यब तास प्रकरणले नराम्रो सँग गाँजेको छ । यती, ओम्नी, ललिता निवासपछि आएको बतास काण्डले एमालेको कान मात्रै थोत्रो पारेको छैन जनता समक्ष मुख देखाउने हैसियत पनि छैन । यती, ओम्नी र ललिता निवास काण्डहरु त वक्स अफिसमा सेलाउँदै गएका छन् । तर, बतास काण्डले जोर पक्रेको छ । बतासको सिरेटोबाट बच्न पनि राजनीतिलाई अन्यत्र मोड्नु एमालेलाई उत्तिकै जरुरी छ । यसका लागि गठबन्धनमा खिया लगाउनु वा अर्ली निर्वाचनमा जाने बाटो प्रशस्त हुनु एमालेको बचेखुचेको भविष्यलाई बचाउन सकिन्छ कि भन्ने हो ।

भर्खरै माओवादी केन्द्रको दशौँ महाधिवेशनमा देउवाले गठवन्धन अगाडि निर्वाचनसम्म जाने सार्वजनिक गरेपछि गठवन्धन विरोधी कांग्रेसीहरु तातिएका छन् । तर, देउवा समूह गठवन्धन वेगर एमालेलाई परास्त गर्न नसकिने निर्णयमा अडिग देखिन्छ । कोइराला पक्षधर भने गठवन्धनको भविष्यसँगै आफू कमजोर हुने आँकलन त्यही छिद्र बनाउन लागि परेका छन् । समयबद्ध साप्ताहिकबाट

 

 

 

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस