Techie IT
×
गृहपृष्ठराजनीतिअध्यक्ष चयन भएपछि प्रचण्डलाई अमेरिकाको बधाई

अध्यक्ष चयन भएपछि प्रचण्डलाई अमेरिकाको बधाई


काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवशेनबाट अध्यक्षमा पुनः निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्विटमार्फत प्रचण्डलाई बधाई दिएको हो।

ट्विटमा भनिएको छ, ‘पुष्पकमल दाहाललाई नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकामा बधाई छ। अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिवद्ध छ।’

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध भएको समेत उल्लेख गरेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda


तपाईको प्रतिक्रिया दिनुहोस