Techie IT
×
गृहपृष्ठराजनीतिअहिलेको अन्यौल एक/दुई दिनमा नै हटाउनुपर्छ : मात्रिका यादव

अहिलेको अन्यौल एक/दुई दिनमा नै हटाउनुपर्छ : मात्रिका यादव


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मात्रिका यादवले पार्टीभित्रका अहिलेको अन्यौल एक/दुई दिनमा नै हटाउनुपर्र्नेे धारणा राखेका छन् ।

एकताको निरपेक्ष कुरा भन्दा पनि विचार र विधिअनुसार टुङ्गो लगाउनुपर्ने यादवको जिकिर रहेको छ । पार्टी फुटाउन सजिलो बनाउने अध्यादेश ल्याएर केपी ओलीले पार्टी फुटाइसकेको तर अध्यक्ष प्रचण्डसहितको नेतृत्वको जिम्मेवारीबोधका कारण मात्र अहिलेसम्म पार्टी एकता बचेको यादवको भनाइ छ ।

नीति, विधिलाई लत्याएर एकलौटी रुपमा पार्टीलाई जवर्जस्त घिसार्ने तरिका केपीको ठीक नभएको भन्दै यादवले झिल्कोसँग भने, ‘केपी ओलीले विधि, पद्धति तोड्दै जाने अनि अर्काे पक्षले पार्टी फुट्ने हो कि भनेर गुनासो र असन्तुस्टि राख्दै जाने कुरा कदापि सही होइन । कम्युनिस्ट पार्टी वैठक नै नराखी आफ्नो स्वेच्छाले चलाएर हुन्छ ?’

पूर्वमन्त्री समेत रहेका स्थायी समितिका सदस्य यादव भन्छन, ‘आफ्नै सहमतिमा आफ्नै निवासमा बोलाइएको बालुवाटारको वैठकमा नआउने तर भैसेपाटीसम्म नेताको घर जाने तरिकाबाट कसरी पार्टीको नेतृत्व हुन्छ ?’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस