Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेस सुधार्न कि आफैँ सुध्रिन काँग्रेस छिरे सुनीलबहादुर ?

काँग्रेस सुधार्न कि आफैँ सुध्रिन काँग्रेस छिरे सुनीलबहादुर ?


काठमाडौं, १४ साउन। राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्व पञ्चसमेत रहेका सुनील राप्रपाबाट मन्त्रीको पदसमेत चाख्न भ्याइसकेका छन् र काँग्रेस प्रवेश गर्दा यतिबेला आफूलाई अपार खुशी लागेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् । उनको यो खुशीले उनी आफैँ सुध्रिन सघाउला कि उनले काँग्रेसलाई सुधार्लान् ? त्यो भने हेर्न बाँकी नै छ । उनले मन्तव्यका क्रममा कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई पनि सम्झिए ।

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेका समेत बताएका छन् ।

आफ्ना बुबा सूर्यबहादुर थापाले लोकतानित्रक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएको भन्दै उनले राप्रपाले त्यो बाटो भुलेकाले कांग्रेस प्रवेश गरेको दावी छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस