गृहपृष्ठ ∕
राजनीति ∕
नेकपा स्थायी समिती बैठक बालुवाटारमा सुरु, प्रधानमन्त्री अनुपस्थित
नेकपा स्थायी समिती बैठक बालुवाटारमा सुरु, प्रधानमन्त्री अनुपस्थित
काठमाण्डौ, १३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।
मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत व्यक्ति बालुवाटार पुगेर बैठक सुरु गरेका हुन् । अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् ।
बैठक अघि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेको बताइएको छ ।
अहिले प्रचण्डले बैठकका लागि बालुवाटार पुगेका नेताहरुलाई ब्रिफिङ गरिरहेका छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot,
#nekapa,
#नेकपा