नेकपा स्थायी कमिटी बैठक किन पटक पटक स्थगित ?

काठमाडौं, १३ साउन । नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।
पार्टी अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बिधि र पद्धति मिचेर स्वेच्छिक रुपमा एकल निर्णय गर्दै अगाडि बढेपछि पार्टीमा बिवाद उत्पन्न भएको छ । बहुमत सचिवालय सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । ओली भने दुबै पदबाट राजीनामा नदिने अडानमा रहेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #nekapa, #नेकपा
प्रतिक्रिया