मोहन वैद्यको पार्टीले मशालसँग पार्टी एकता गर्ने

काठमाडौं, २८ जेठ । मोहन वैद्य किरण नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेकपा (मशाल) सँग पार्टी एकताका लागि पहल गर्ने भएको छ । अध्यक्ष वैद्यको अध्यक्षतामा बसेको सचिवालय बैठकले मशाललगायत अन्य क्रान्तिकारी समूह र व्यक्तिहरुसँग पनि एकताका लागि पहल गर्ने निर्णय गरेको हो । अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिष्टको ध्रुवीकरणको कुरा उठाउँदै आएका छन् । वैद्यले केही समय अगाडि मात्रै विप्लवबाट छुट्टिएर बनेको नेकपा बहुमतसँग एकता गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस