Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

संवैधानिक आयोगमा ‘आफ्ना मान्छे’ छिराउन ओली–देउवा साँठगाँठ !


काठमाडौं, ११ साउन । रिक्त संवेधानिक नियुक्तिको बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बार्ता चलिरहेको छ । नियुक्ति २/४ दिनमै हुने नेकपाका नेता सुबास नेम्वाङले बताएका छन् ।

नियुक्तिबारे अहिलेको बहस मुख्यतः निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्रित भएको श्रोतको दाबि छ । अख्तियारमा काँग्रेसबाट जयबहादुर चन्द र केपी ओलीबाट प्रेम राईको प्रस्ताव भैरहेको सूत्रको भनाई छ ।

आयोगका अध्यक्षमा धेरै जनाको नाम चर्चाको शिखरमा समेटिए पनि सदस्य पद भने धेरै खाली छ । अध्यादेश मार्फत एकलौटी रुपमा आफ्ना मान्छे मात्रै नियुक्ति गर्ने ओलीको योजना असफल भएपछि आफ्ना निकटलाई नियुक्ति दिनका लागि केपी र देउवाले कसरत गरिरहेको बिश्वस्त श्रोतले झिल्कोलाई बतायो ।

पूर्व माओवादीको कोटामा लगिएका राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि अहिले सो स्थान पनि रिक्त नै छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

प्रतिक्रिया


ताजा अपडेट