Techie IT
×
गृहपृष्ठराजनीतिजनार्दन शर्माका बारेमा आएका समाचारप्रति प्रचण्ड सचिवालयको ध्यानाकर्षण

जनार्दन शर्माका बारेमा आएका समाचारप्रति प्रचण्ड सचिवालयको ध्यानाकर्षण


काठमाडौं, ८ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित /प्रसारित समाचारप्रति नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले ध्यानकर्षण भएको जनाएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ द्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ, ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।’

‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं’ पत्रमा उल्लेख छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #prachanda, #नेकपा


प्रतिक्रिया दिनुहोस